दार्चुला । धारिलो हतियार (चक्कु) प्रहार बाट एक युवक गम्भीर घाईते भएका छन् । जिल्लाको महाकाली नगरपालिका ४ तिङकरखेडामा गएराति १२ बजे धारिलो हतियार प्रहार गरि पेटमा गम्भीर चोट लागेको अवस्थामा युवकलाई प्रहरीले फेला थियो । ति युवक ब्याँस गाउँपालिका–२ का २४ वर्षीय सरोजसिंह धामी रहेको प्रहरीले जनाएको छ ।
घाईतेलाई प्रहरीले उपचारका लागि लगत्तै जिल्ला अस्पताल दार्चुला पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एंव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाईतेको पेटमा गम्भीर चोट लागेकोले सामान्य उपचारपछि डडेल्धुरा पठाएको प्रहरीले बताएको छ । प्रहरीले धामीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
