दार्चुला–नदी किनारका महिलाहरुलाई जिविकोपार्जन सम्बन्धि क्रियाकलापमा जोडेर आर्थिक सशक्तिकरण गर्न सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा संचालित ट्रोसा दोस्रो परियोजनाले तालिमको आयोजना गरेको छ । परियोजनाले महिला आर्थिक सशक्तिकरण केन्द्रका महिलाहरुको जिविकोपार्जन सुधार गर्न तीन दिने जलवायु अनुकुलन जिविकोपार्जन सहयोग तालिम संचालन गरेको हो । तालिममा महाकाली नगरपालिका–९ दत्तु स्थित चुचैबगडका महिला आर्थिक सशक्तिकरण केन्द्रमा आबद्ध महिलाहरुको सहभागिता रहेको परियोजनाका जिल्ला संयोजक मान सिंह कार्कीले जानकारी दिनुभयो ।

तालिमको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका वडा अध्यक्ष गजेन्द्र सिंह कार्कीले मंगलबार एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको थियो । तालिमको सहजीकरण परियोजनाका संयोजक मान सिंह कार्की र कृषि ज्ञान केन्द्र दार्चुलाका सहजकर्ता धन्नजय जोशीले गरिरहनु भएको छ । तालिम परियोजनाको कार्यक्षेत्र महाकाली नदी किनारका ४ समुहमा संचालन गरिने बताइएको छ । नदी किनारका महिलाहरुलाई जिविकोपार्जन सम्बन्धि क्रियाकलापमा जोडेर आर्थिक सशक्तिकरण गर्ने परियोजनाको उदेश्य रहेको बताइएको छ ।
