दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामी सहित चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा तीन वर्ष कैद सजायको माग गर्दै मुद्धा दर्ता भएको छ । शैल्यशिखर नगरपालिका–८ घर भएका अधिबक्ता बिरभद्र जोशीले गाली बेइज्जती मुद्धा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको हो । शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, नगर प्रमुख धामीका छोरा नौगाड गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृत पुष्कर सिंह धामी, शैल्यशिखर नगरपलिकामा लेखाशाखामा कार्यरत राम सिंह धामी, सवारी चालक सुरेश विष्ट विरुद्ध गाली बेइज्जतीको मुद्धा दर्ता भएको अधिबक्ता बिरभद्र जोशीले बताए । कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुनेछ । तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान रहेको छ। मालिकार्जुन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय