दार्चुला- महाकालि नगरपालिका वडा नं १ श्रीबगड र कलोनका महिला तथा पुरुषहरुलाई वित्तीय साक्षरता र आधुनिक तरकारी खेति सम्बन्धी तालिम र बिउबिजन बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सिवाइसी नेपाल लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय महाकाली दार्चुलाको आयोजनामा उनीहरुलाई एक दिने बित्तीय साक्षरता र कृषिमा आधुनिकिकरण र ब्यवसायमा आत्मनिर्भरता तर्फ यश मौसममा गरिने तरकारीखेती प्रबिधि सम्बन्धी जानकारी र बिउबिजन वितरण सहित कृषि सफल उद्दमी बारे प्राबिधिक ज्ञान दिइएको शाखा प्रबन्धक जनक राज जोशिले जानकारी दिएका छन ।
आईतबार कार्यक्रममा सहभागी श्रीबगडमा २८ जना र कलोनामा १२ जना गरी जम्मा ४० जनाको उपस्थितिमा महिलाहरुलाई वित्तिय सेवाबारे जानकारी, समग्र लघुवित्तको जीवन चक्र, संस्थाको परिचय, ग्राहकलाई दिने सेवा सुविधा, नीति नियम,बचतसम्बधी सम्पुर्ण जिवनचक्र, सदस्य मैत्री सस्था सिवाईसिको बारेमा हालका गतिबिधि, सदस्यलाई उत्पादनशिल ठाउँमा लगानी र लगानीको लागि सम्भावित क्षेत्र पहिचान तथा जानकारी, बित्तिय मार्गचित्र निर्माण र बचत गर्ने बानिको बिकास गर्ने लगायतका बिषयमा शाखा प्रबन्धक जनक राज जोशीले छलफल गरेका थिए ।
यस्तै उक्त क्षेत्रमा परापुर्वकालदेखि नै कृषिमा तराकारी खेति अंगाल्दै गरेका कृषक आमाबुबा,दिदिबहिन सहित दाजुभाईहरुमा आधुनिक तरकारी खेतिमा उत्पादनको सम्भाव्यता, हालको मौसममा गरिने तरकारी जस्तै धनिया, चन्नसुर, नेथी र पालुङ्गो को बिउबिजन बितरण सहित खेतिप्रबिधि बारे जानकारी र मौसमी बेममौसमी खेतीप्रविधि, रसायनिक बिषाधीलाई न्युनिकरण गरि जैविक बिषादी प्रयोग गर्ने, बेर्ना उत्पादन गर्ने तरीका र सफल कृषि उद्दमीबारे प्राबिधिक जानकारी, प्राबिधिक ज्ञान र बजारीकरण बारे छलफल गरिएको संस्थाका कृषि प्राविधिक योगेश कुवरले जानकारी दिए र अन्तिममा सदस्य ब्यवस्थापन र केन्द्र ब्यवस्थापन सहित समुहका बारेमा छलफल संस्थासम्बन्धी थप जानकारी सहित फेरि पनि आगामि दिनहरुमा यस सिवाईसि नेपाल लघुबित्त बित्तिय सस्था लि। ले यस्तै सदस्य शसक्तिकरण र ब्यवसायिकरण लाई जोड दिई यस्तै सिपमुलक तालीम कार्यक्रम सन्चालन गर्ने जानकारी दिएका छन् ।
