दार्चुला–दार्चुलामा जीप दुर्घट्ना हुँदा २ जना घाइते भएका छन् । आज मध्यान्ह १२ बजेतिर शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आउदै गरेको से–१ ज–१०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा दुर्घट्नामा परेको प्रत्यक्षदर्शी राम प्रसाद भुसालले जानकारी दिनुभयो । जीप दुर्घट्ना हुँदा जीपमा सवार १ जना महिला तथा १ जना पुरुष घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेर रगत बगीरहेको उहाँले बताउनुभयो । दुर्घट्ना भएको देख्ने वित्तिकै आफूले प्रहरीलाई खबर गरेको उहाँले घट्ना स्थलबाट दार्चुला एफएमलाई जानकारी गराउनु भएको छ । घाइतेहरुको ठेगाना खुल्न सकेको छैन् । जीप दुर्घट्ना भएको खबर हुने वित्तिकै प्रहरी चौकी पस्तीबाट प्रहरीहरु घट्ना स्थल तर्फ खटिगएको बताइएको छ । घाइते दुवै जनालाइ उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइदै गरेकाे खबर प्राप्त भएकाे छ । चालक २३ वर्षिय ललित सिंह ठगुन्नाले चलाएकाे जीप दुर्घट्ना भएकाे बताइएकाे छ । दार्चुला एफएमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय