दार्चुला–महाकाली नगरपालिका–३ मा रहेको हुस्कर माध्यमिक विद्यालय काँटैका विद्यार्थी र उनका अभिभावकहरुले नगरपालिकाको गेटमा धर्ना दिएका छन् । शिक्षक सरुवाको विरोध गर्दै उनीहरुले आज दिउसो १ बजेतिर नगरपालिकाको गेटमा धर्ना दिएर विरोध जनाएका हुन् । सम्बन्धित शिक्षकको सहमति नलिइ तथा विद्यालयलाई कुनै जानकारी नदिइ राजनितिक स्वार्थपूर्तीका लागि नगरपालिकाले शिक्षक सरुवा गरि विद्यार्थीको भविष्य माथी खेलबाड गरेको उनीहरुले अरोप लगाएका छन् । यसअघि भदौ २८ गते विरोध स्वरुप विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षक धन सिंह महरालाई नगरपलिकाले सरुवा गरेको भन्दै विद्यार्थी र अभिभावकहरुले चर्को विरोध गर्दै आइरहेका छन् ।

   कक्षा १० सम्म अध्यापन गराउने विज्ञान विषयका शिक्षक महराको नगरपालिकाको वडा नम्बर–२ मा रहेको दुर्गा लटिनाथ माध्यमिक विद्यालय मैखोलीमा सरुवा गरिएको छ । शिक्षकको सरुवा रोक्का गर्न विद्यार्थीहरुले भदौ देखी नै विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आइरहेको विद्यालयले जनाएको छ । नगरपालिकाले राम्रा शिक्षकलाई जवरजस्ती सरुवा गरेको विद्यार्थीहरुले बताएका छन् । शिक्षक सरुवाको विरोधमा कक्षा ८ देखी माथीका विद्यार्थी र उनका अभिभावकहरु आएर नगरपालिकाको मुल गेटमा धर्ना दिएका छन् । ति शिक्षकको सरुवा रोक्का नभए सम्म आन्दोलनका कार्यक्रमहरु निरन्तर चलिरहने विद्यार्थी र अभिभावकहरुले बताउदै आएका छन् ।

   नगरपालिकाले शिक्षक सरुवा गरेकै कारण विद्यालयमा विगत १ महिना देखी खासै पठाइ नहुने गरेको अभिभावकहरुले बताएका छन् । शिक्षकको असहमतिका बिच सरुवा गरेर खाए खा नखाए घिच भन्ने जस्तो नगरपालिकाले व्यवहार गरेको विद्यार्थीका अभिभावकहरुले आरोप लगाएका छन् । आफ्ना नानी बावुहरुको भविष्यलाई लिएर उनिहरुले चिन्ता समेत व्यक्त गरेका छन् । कांटैका केहि शिक्षक र विद्यार्थीहरु नगरपालिका संग यस विषयमा कुराकानी गर्न नगरपालिका गएका छन् । यसअघि भदौ २७ गते शिक्षककै विषयलाई लिएर वडा नम्बर–७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर शिक्षक पेशाबाटै राजनितिमा आएका भएपनि उनले शिक्षक, विद्यार्थी र अभिभावककाे भावना विपरितका कामहरु गर्दै आइरहेकाे कतिपय शिक्षकहरुले आराेप लगाएका छन् । From Darchula Fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय