कञ्चनपुर — कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीकाअनुसार बुधबार दिउँसो चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका ६ भट्टीनालाका ३४ वर्षीय यम बहादुर सुनारको मृत्यु भएको हो । मोटरसाइकलमा यात्रा गरिरहेका उनको चट्याङ लागेर घाइते भएपछि दोधारा चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सँगै यात्रा गरिरहेका जगत सुनारको उपचार भइरहेको छ । यसैगरि लालझाडी गाउपालिका १ नौरंगामा खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेर २८ वर्षीय हिरामती रानाको मृत्यु भएको छ । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी जोशीले बताए । कान्तिपुरबाट
