दार्चुला- जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं –५ ओखडानीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ काडापारीका अन्दाजी २४ वर्षीय हरिश सिंह धामी, २१ वर्षिय मोहन सिंह धामी र सोही ठाउँबस्ने वर्ष ३९ का दान सिंह ठगुन्ना रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरिक्षक कान्तिराज जाेशीले जानकारी दिनुभयाे ।

   घाईते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयाे । बुधबार साझ बरमुडे भित्री कच्ची सडक खण्डको सेत्कलातर्फ जादैँ गरेको सुदुरपश्मि प्रदेश ०१-००१ ज १५९४ नम्बरको जीप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकबाट करिव १० मिटर तल खसेको बताईएकाे छ ।

   जीपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । सवार अन्य ११ जना सकुसल रहेका छन । घाइते हरिश धामीको टाउँको र बायाँ हातमा चोट लागेको छ । यस्तै मोहन सिंह धामीको बायाँ हातको पाखुरा र टाउँकोमा तथा दान सिंह ठगुन्नाको पाखुरा र टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय