दार्चुला-जिल्ला अस्पताल दार्चुलामा गोर्खा वेल्फेयर ट्रष्टको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना तथा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय दार्चुलाको सहयोगमा तिनदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकोे अस्पताल स्रोतले जनाएको छ । शिबिरमा कान सम्बन्धी समस्या भएका विरामीहरुलाई गोर्खा वेल्फेयर ट्रष्टले निशुल्क रुपमा उपचार गरेको छ । तिन दिन सम्म चलेको निशुल्क स्वास्थ्य शिबिरमा जिल्लाभरीका ५०१ जनाले सेवा पाएका छन ।

   गएको शनिबार देखि सुरु भएको शिविर सोमबार आज सम्पन्न भएको अस्पतालका सुचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो । सुचना अधिकारी भट्टका अनुसार तीनदिनमा ३०९ जना पुरुष १९२ जना महिलागरी ५०१ जनाले शिविर मार्फत सेवा पाएको उनले बताउनु भयो । शिविर मार्फत २५ जना पुरुष र २३ जना महिलाको अपरेशन गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्टले दार्चुला जिल्लामा पहिलो पटक यो शिविर संञ्चालन गरेको जनाएको छ । ग्रामिण भेगमका नागरिकका लागि स्वास्थ्य सेवा दिने उद्देश्यले निशुल्क स्वास्थ्य शिबिर गरिएको गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ । नयाँ नेपाल एफएमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय