दार्चुला-नेपाली काङ्ग्रेस महाकाली नगर कार्य समितिको बैठक सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले असोज ११ र १२ गतेको बाढि पहिरोले गरेको जनधनको क्षतिप्रती दुःख व्यक्त गर्दै मृत्युवरण तथा बेपत्ता भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । साथै तीन वटै तहको सरकारलाई मृतक तथा बेपत्ता परिवारलाई क्षतिपूर्ती, घाइतेहरुलाई उचित उपचार र पीडितलाई राहतको ब्यवस्था गर्न सम्बन्धित तहको सरकारलाई आग्रह गर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्किले जानकारी दिए । साथै पीडितको उद्दार, राहत तथा पुनस्थापनाका लागि तल्काल कार्य थाल्न अनुरोध गरिएको छ ।
यस्तै २५ वर्ष दार्चुला काङ्ग्रेसको जिल्ला सभापति भएर कार्य गरेका महादेव बडू उपचाररत रहेकाले सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । यस्तै २५ वर्ष उपसभापती भएर कार्य गरेका मान सिह बोहरा पनि उपचारत रहेकाले उनलाई पनि सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । बैठक महाकाली नगरपालिकाका कार्य बाहक सभापति करण सिह कार्कीको अध्यक्षता बसेको हो । उक्त बैठकमा प्रदेश कार्य समिती सदस्य करबिर सिह कार्की, मदन गिरि, महाधिवेशन प्रतिनिधि गणेश भट्ट, जिल्ला कार्य समितिका पदाधिकारी, जिल्ला कार्य समिती पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
