दार्चुला । अपिहिमाल गाउँपालिकामा निशुल्क आँखा शिविरकाे आयोजना हुने भएको छ ।
यही कार्तिक २ र ३ गते अपिहिमाल गाउँपालिका र भिजन टुगेदर नेपालकाे संयुक्त आयोजनामा उक्त शिविरमा माेति बिन्दु लगायतको आँखाकाे अपरेसन हुनेछ । गत बर्ष भिजन टुगेदर संगकाे सहकार्यमा आँखा शिविर संचालन गरि पहिचान भएका बिरामीलाई पहिलो प्राथमिकता प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
शिविर अपिहिमाल गाउँपालिकाकाे हेल्थ टुरिजम अन्तरगत भिजन टुगेदर लगायत संघ संस्था संग सहकार्य गरिएको छ । यस कार्यक्रम अन्तरगत अपिहिमाल गाउँपालिकामा बिशेषज्ञ स्वास्थ सेवा प्रदान गर्ने व्यक्ति वा संघ संस्थालाई अपि वेश क्याम्प लगायतको भ्रमणको अवसर प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

