दार्चुला, १६ असोज – जिल्ला प्रहरी कार्यालय दार्चुलामा आयोजित विशेष समारोहमा ६९औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ।
प्रहरी निरीक्षक छत्र बहादुर रावतसहित सम्मानित हुने अन्यमा प्रहरी नायव निरीक्षक केशव खत्री शर्मा, प्रहरी वरिष्ठ हवल्दार कृष्ण बहादुर कामी (प्रहरी चौकी हिकिला), प्रहरी हवल्दार जयराज पन्त (अस्थायी प्रहरी पोस्ट पुलघाट), र प्रहरी सहायक हवल्दार बीर बहादुर साउँद (इलाका प्रहरी कार्यालय गोकुलेश्वर) रहेका छन्।
उनीहरूलाई प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मानपत्र प्रदान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कान्ति राज जोशीका अनुसार, उत्कृष्ट कार्यका लागि गरिएको यस सम्मानले उनीहरूलाई थप सेवा र जिम्मेवारीमा प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
