दार्चुला — दार्चुला जिल्लाको महाकाली नगरपालिका–१, धम्पन्यारमा भिरबाट खसेको ढुंगा लागेर एक जना पुरुष घाइते भएका छन्।
प्रहरीका अनुसार ३५ वर्षीय ती पुरुष घाँस काट्ने क्रममा भिरबाट खसेको ढुंगा लाग्दा घाइते भएका हुन्। प्रारम्भिक उपचारका लागि उनलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको जनाइएको छ।
अहिलेसम्म घाइतेको अवस्था र स्वास्थ्य विवरणबारे थप जानकारी आएको छैन।
