दार्चुला —दार्चुला- अवैध भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महाकाली नगरपालिका-४ स्थित बसपार्क क्षेत्रबाट भन्सार छली र चोरी गरी ल्याइएका अवैध सामग्री मंगलबार बरामद गरेको हो। उक्त सामग्री बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीको अनुमानित मूल्य रु. १९,०९५ (उन्नाइस हजार पन्चानब्बे) रहेको छ। बरामद भएका सामानहरू कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि दार्चुला भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
अवैध सामानको कारोबार नियन्त्रण गर्न दार्चुला प्रहरीले पछिल्लो समय निगरानी बढाएको छ ।
