बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला निवासी २१ वर्षीय मनोज भट्टलाई बलात्कारको मुद्दामा फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। आइतवार पाटन नगरपालिका–८, खोड्पेस्थित संस्कार होटलमा लुकेर बसेको अवस्थामा भट्टलाई प्रहरी चौकी खोड्पेबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
२०७९ साल माघ २ गते दर्ता भएको जबरजस्ती करणीको मुद्दा भट्टविरुद्ध पेन्डिङ रहेको थियो। घटना पछि फरार रहेका उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुझाइएको छ।
