दार्चुला -दार्चुलाको अपिहिमाल गाउँपालिकाद्वारा आयोजित गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर–१९ क्रिकेट प्रतियोगिता २०८१ आज भव्य समारोहका बीच सम्तैलीचौड खेलमैदानमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहको अध्यक्षता गाउँपालिकाका सामाजिक विकास समिति संयोजक गगन सिंह कार्कीले गर्नुभएको थियो भने उपाध्यक्ष देबकी देबी बोहराले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावल, प्रवक्ता रविन्द्र सिंह बोहरा, वडा अध्यक्षहरु, तथा स्थानीय खेलप्रेमीहरूको उपस्थिति थियो।

अपिहिमाल गाउँपालिकाका सात वडाबाट प्रतिनिधित्व गर्ने सात टिमको सहभागिता रहेको यस प्रतियोगितामा विजेता टोलीलाई नगद रु ३० हजार, ट्रफी, र मेडल प्रदान गरिनेछ। उपविजेता टोलीले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुने जानकारी शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय