दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–७ मा ऐतिहासिक जोलजिवी मेलाको आज भव्य उद्घाटन गरिएको छ। पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रशाद बडूको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रम सिंह धामीको बिशिष्ट आतिथ्यतामा मेलाको उद्घाटन सम्पन्न भएको हो।

उद्घाटन समारोहमा मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामी, महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी, उपाध्यक्ष शर्मिला कुमारी चन्द, ब्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर, अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी देवी बोहरा, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सशस्त्र प्रहरीका एसपी हेमराज पन्त, प्रहरी डिएसपी प्रकाश दाहाल, उद्योग वाणिज्य संघका पदाधिकारी, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

गाउँपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ। मालिकार्जुन गाउँपालिकाका एमआईएस अपरेटर लोकेन्द्र सिंह धामीका अनुसार, भोलीबाट जिल्लास्तरीय खुला गायन तथा नृत्य प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुनेछन्।

१८७१ सालमा अस्कोटी राजा पुष्कर पालले भारतको उत्तराखण्डस्थित जौलजीविमा मेलाको सुरुवात गरेको इतिहास रहेको यो मेला परम्परागत रुपमा व्यापारिक मेलाका रुपमा मनाइँदै आएको छ। मेलामा जुम्ली घोडा, लत्ताकपडा, फलफुल लगायतका सामानको व्यापार हुने गर्दछ। मेला अवधिभर नेपाल–भारत जोड्ने पुल राति साढे १० बजेसम्म खुला रहने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय