बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नं.–३ को कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। आधारभूत स्वास्थ्य केन्द्र सबैका लागि पायक पर्ने स्थानमा स्थापना गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको हो। स्थानीय धनबहादुर चन्दका अनुसार वडा कार्यालय भवन निर्माणका लागि १० रोपनी जमिन दान गर्ने खुइलसिंह ठगुन्नाको योगदानलाई उचित सम्मान गर्दै बाँकी जमिनमा स्वास्थ्य केन्द्र निर्माण गर्नुपर्ने माग राखिएको छ।

ठगुन्नाले दान दिएको १० रोपनीमध्ये ५ रोपनीमा वडा कार्यालयको भवन निर्माण भई सेवा सञ्चालनमा छ। बाँकी ५ रोपनीमा स्वास्थ्य केन्द्रको भवन निर्माणको माग स्थानीयले गरेका छन्। हाल वडा नं.–३ मा कुजागाडस्थित बर्थिङ सेन्टरबाट सेवा सञ्चालन भइरहेको छ। तर, वडा अध्यक्ष गगनसिंह भाटले सोही स्थानमा आधारभूत स्वास्थ्य केन्द्र लैजान खोजेको आरोप स्थानीयले लगाएका छन्।

वडा अध्यक्ष भाटले भने, तालाबन्दीको विषयमा जानकारी नभएको र आज स्थानीयहरूसँग छलफल भइरहेको बताए। उनले मागबारे कुनै औपचारिक जानकारी नपाएको दाबी गर्दै समस्या समाधानका लागि संवाद अघि बढाउने बताए।

स्थानीयहरूले स्वास्थ्य केन्द्र निर्माणलाई दान गरिएको जमिनमै राख्नुपर्ने अडान लिँदै, तालाबन्दीको माध्यमबाट माग पूरा गराउन दबाब दिन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय