बैतडी – जन्मदिनको अवसरमा, प्रदिप जोशीले ले डिलासैनी सात बाईमा रहेको श्री लखैनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेका छन्। कक्षा 1 र 2 का 20 वटा वर्णमाला, कक्षा 3 देखि 8 सम्मका 55 वटा कापी र 75 वटा कलम वितरण गरिएको छ। यस अवसरमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु उपस्थित थिए।
प्रदिप जोशीका अनुसार, यस पहलले विद्यार्थीहरुको अध्ययनलाई सशक्त बनाउन मद्दत गर्नेछ र उनीहरुलाई नयाँ शैक्षिक सामाग्री प्राप्त भएपछि अझ उत्साही बनाउनेछ। जोशीले आफ्नो जन्मदिनलाई यस्तै शुभ कार्यमा समर्पित गरेका छन् र भविष्यमा पनि यस्ता पहललाई निरन्तरता दिन चाहन्छन्।
विद्यालयका प्रधानाध्यापकले यो पहलको सराहना गर्दै, यसले विद्यालयका विद्यार्थीहरुको शैक्षिक समृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
