काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ। आन्दोलनका क्रममा सार्वजनिक स्थानमा फोहोर गरेकाले महानगरले यो जरिवाना तिराउने निर्णय गरेको हो।

महानगरले शुक्रबार एमालेलाई पत्राचार गर्दै दरबारमार्ग क्षेत्रमा आयोजित जागरण सभामा सडक तथा सडकपेटिका फोहोर गरेकोमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ अनुसार जरिवाना तिर्न निर्देशन दिएको छ। यस अन्तर्गत एमालेले अब महानगरलाई १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय