सरकारले मंसिर ९ गतेदेखि धरहरा सशुल्क रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ अनुसार धरहरा सञ्चालन नहुँदासम्म अनुसूचीमा प्रस्तावित शुल्क अनुसार मंसिर ९ गतेदेखि धरहरा सञ्चालनको स्वीकृति दिइएको छ।
धरहरामा प्रवेश गर्न स्वदेशी नागरिकका लागि प्रति व्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ, जबकि विद्यार्थी र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, १० वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क प्रवेशको सुविधा रहेको छ।
