दार्चुला – जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुला र यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडक खण्डमा सवारी चेकजाँच सञ्चालन गरेको छ। चेकजाँचका क्रममा भाडाका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने र कागजातबिहीन अवस्थामा रहेका सवारी साधनमाथि कारबाही गरिएको हो।
प्रहरीले चेकजाँचका क्रममा ८ वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र दुर्घटनाको जोखिम न्यून गर्न चेकजाँच अभियानलाई थप सुदृढ गर्दै लैजाने ट्राफिक कार्यालयले बताएको छ।
सवारी नियम उल्लंघन नगर्न सबैलाई सचेत गराउँदै, प्रहरीले यातायात क्षेत्रको सुधार र सुरक्षाका लागि निरन्तर अनुगमन जारी राख्ने प्रतिबद्धता जनाएको छ।
