दार्चुला – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी, दार्चुलाको आयोजनामा मंसिर १२ गते मार्मा गाउँपालिका स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिता मार्मा गाउँपालिका वडा नं. ३ स्थित श्री लटिनाथ माध्यमिक विद्यालय, रसकोटमा आयोजित थियो। “सामाजिक सञ्जालको प्रयोग: वरदान कि अभिशाप” भन्ने विषयमा आयोजित उक्त प्रतियोगितामा मार्मा गाउँपालिकाका विभिन्न ७ विद्यालयका १३ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा श्री लटिनाथ मावि रसकोटका छात्रा इशारा कोट्टारीले प्रथम स्थान हासिल गरिन्। श्री लाम्बगर माविका छात्र डायमण्ड सिंहले दोस्रो स्थान प्राप्त गरे भने श्री दुर्गेश्वरी मावि घोल्जरकी छात्रा स्रेस्ता ठगुन्नाले तेस्रो स्थान हासिल गरिन्।

अनेरास्ववियु दार्चुलाका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशीले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिँदै विजयी विद्यार्थीहरूलाई बधाई व्यक्त गर्नुभएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय