दार्चुला – जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुला तथा यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा ९ वटा सवारी साधनलाई कारबाही गरेको छ।

भाडाका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन सवारीसाधनसहित अन्य नियम उल्लङ्घन गर्ने गरी सञ्चालित सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

सवारीसाधन चेकजाँच अभियान नियमित रूपमा सञ्चालन गर्दै यातायात सुरक्षामा थप प्रभावकारिता ल्याउन उक्त कदम चालेको ट्राफिक प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय