बैतडी – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ पन्तोलीमा पहिलो पटक गाडी पुगेपछि स्थानीय बासिन्दाहरूमा ठूलो खुसी छाएको छ। विगतमा यातायातको अभावका कारण स्थानीयहरूले दैनिक जीवनयापनमा धेरै समस्या भोग्नुपरेको थियो।
गाउँपालिकाको पहलमा निर्माण भएको सडकले पन्तोलीसम्म गाडीको पहुँच पुर्याएपछि स्थानीय बासिन्दाहरूले आवागमन र सामान ओसारपसारमा सहजता अनुभव गरिरहेका छन्। यो उपलब्धिले गाउँको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएकोछ।
