दार्चुला : दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ को आयोजनामा पुष १२ गतेबाट सुरु भएको टोलस्तरीय भलिबल प्रतियोगितामा रिठा टोल टिमले उपाधि हात पारेको छ।

वडा सचिव दीपक धामीका अनुसार, प्रतियोगितामा वडा भित्रका ९ वटा टोलका टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा अम्कुर सी राताकाठा द्वितीय स्थानमा रहँदा अम्कुर ए टिमले तृतीय स्थान हासिल गरेको छ।

विजेता टिमलाई सिल्ड, मेडल, प्रमाणपत्रसहित नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको धामीले जानकारी दिनुभयो। प्रतियोगिता सफल बनाउन शिक्षक तथा स्थानिय युवाहरुको विशेष योगदान रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय