दार्चुला: दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक भव्य तथा औपचारिक कार्यक्रमका बीच सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, प्रतिभावान खेलाडी, रेफ्री/एम्पायर, दर्शक महानुभाव तथा खेलाडीहरूको बसोबासको व्यवस्था मिलाउने सम्पूर्ण खात्ति बासी जनसमुदायलाई आयोजक समितिले हार्दिक कृतज्ञता तथा विशेष आभार प्रकट गरेको छ।
प्रतियोगितामा १६ स्वर्ण, १० रजत, र २ कास्य पदकसहित श्री महादेव मावि घुसाले उपाधि जित्न सफल भयो। विजेता तथा उपविजेताहरूलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिइएको छ।
प्रतियोगिताको नतिजा
1. प्रथम: श्री महादेव मावि, घुसा – १६ स्वर्ण, १० रजत, २ कास्य
2. द्वितीय: श्री भवानी मावि, सौगन्न – १० स्वर्ण, ६ रजत, ८ कास्य
3. तृतीय: श्री खण्डेश्वरी मावि, क्षेत्ती – ३ स्वर्ण, ९ रजत, १३ कास्य
4. चौथो: श्री छिपुलकेदार मावि, धंक – १ स्वर्ण, ५ रजत, ७ कास्य

