धनगढी- कैलालीको धनगढीमा युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–वडा नम्बर १२ बस्ने १८ वर्षीया युवतीमाथि पटक पटक जबरजस्तीकरणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भनिने हरिराम चौधरी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार युवतीले युवकले आफूलाई धनगढीको जाखोर तालको जंगलमा लगेर पटक–पटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा आरोपीतलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय