धनगढी – कैलालीको चिसापानीमा रोकिएको अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् ।

सोमबार साँझ साढे ८ बजेको समयमा लम्कीचुहा नगरपालिका–३ को चिसापानी नजिकै गोरुङगेमा रोकिएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४४६६ अटोमा सुपप्र ०१०१० प २५९५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

ठक्करबाट अटो चालक लम्कीचुुहा नगरपालिका–१ बस्ने २५ वर्षीय कमल न्यौपाने, मोटरसाइकल चालक कालीकोटको त्रिवेणी गाउँपालिका–३ बस्ने २५ वर्षीय मदनराज देवकोटा र पछाडी सवार जाजरकोटको बारेकोट गाउँपालिका–३ बस्ने ३९ वर्षीय चन्द्रबिक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय