धनगढी– सुदूरपश्चिमसहित देशभरीका निर्माण व्यवसायीहरु मारमा परेको भन्दै आन्दोलित हुने तयारी गरेका छन् । सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै निर्णायक आन्दोलन गर्ने तयारी गरेको मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम प्रदेश कार्यसमितिले जानकारी दिएको हो ।

महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको र सो पश्चात आन्दोलनका कार्यक्रम अघि बढाउने प्रदेश महासचिव खेमराज जोशीले बताए ।
भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने उनको भनाई छ ।
उनले निर्माण उद्योगप्रतिको सरकारले उदासीनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको बताए ।
खस्किदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण भए पनि निर्माण क्षेत्रले नै अत्यन्तै जटिल समस्याहरू र त्यसको प्रभाव भोगिरहनुपरेको उनले बताए ।
उनले निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकासा गर्नका लागि सरकारी निकायबाट प्रतिबद्धता आए पनि भुक्तानीको समस्या पूर्णरूपमा समाधान हुन नसकेको बताए ।
समयमै भुक्तानी नभएका कारण चालू आर्थिक वर्षमा थप निर्माण कार्य सहजरूपमा अघि बढ्न नसक्ने देखिएको महासंघका प्रदेश अध्यक्ष लक्ष्मण स्वाँरले बताए ।
महासंघका अध्यक्ष स्वाँरले भने –‘निर्माण सामाग्रीका मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला दररेटको पालना नहुँदा निर्माण व्यवसायी मारमा परेका छन् । त्यसैमा सरकारले समयमै भुक्तानी नदिँदा बैंक, मजदुरले समयमै भुक्तानी खोजिरहेका छन् ।’
उनका अनुसार प्रदेशभरी संघिय सरकारले निर्माण गरिरहेको अस्पतालका संरचना निर्माणको भुक्तानी, सडक पूर्वाधार, कल्भर्ट लगायतका निर्माण कार्यहरु समयमै सम्पन्न हुन नसकेपनि सरकारले कालोसूचिमा राख्ने कार्य अघि बढाउँदा समस्या भइरहेको छ ।
उनले स्रोत सुनिश्चितता बिनाको ठेक्का हुने तर, रकम नहुने कारण राज्यको आर्थिक भार बढ्दै गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय