दार्चुला: दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण सिंह लोथ्यालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा दुहुँ गाउँपालिकाको सिमलीका बिरेन्द्र बहादुर बमले असहाय तथा विपन्न परिवारलाई सहयोग गर्नुभएको छ।
मिति २०८१ माघ ६ गतेका दिन सम्पन्न कार्यक्रममार्फत बमले गाउँपालिकाका पाँचवटै वडाका ४० जना असहाय तथा विपन्न वर्गका परिवारलाई एक/एक थान ब्ल्याङ्केट प्रदान गर्नुभयो। त्यस्तै, अनाथालय आवासमा रहेका १४ जना टुहुरा बालबालिकालाई ट्र्याकसुट वितरण गरी सहयोग गर्नुभएको छ।

