बैतडी: बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ७ मा रहेको लखिनाथ सामुदायिक केन्द्रले आयोजित हाजिरीजवाफ प्रतियोगितामा डिलासैनी मावि, खेतगाउँले प्रथम स्थान हासिल गरेको छ। डाँबाग ढाण विद्यालयले दोस्रो, लखिनाथ बाइमले तेस्रो र शिके मावि, धामीगाउँले चौथो स्थान प्राप्त गरेका छन्।
कार्यक्रमको अध्यक्षता लखिनाथ सामुदायिक केन्द्रका अध्यक्ष हर्क धामीले गरेका थिए। प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष प्रकाश मणि भट्ट रहेका थिए भने विशिष्ट अतिथि गणेश मणि धामी, शिक्षक, समाजसेवी, बुद्धिजीवी एवं अन्य स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
