बैतडी: बैतडी, सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। गणानबाट इराना जाँदै गरेको सुपप्र ०१ ००१ च ४०२८ नम्बरको जिप सिगास गाउँपालिका–१ माँडौ भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभएको छ।
जिपमा चालकसहित ८ जना सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
