दार्चुला-तिंकर सडकखण्ड अन्तर्गत दुँहु गाउँपालिका वडा नम्बर ४, धारीमा सुपप्र ०१००१ ज ११५९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभएको छ।

चल्लेगडाबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको जिप शुक्रबार बेलुका साढे ७ बजे अनियन्त्रित भएर सडकबाट करिब ८–१० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिप ब्याँस गाउँपालिका–६ हुतीका २६ वर्षीय चालक देवसिंह बिष्टले चलाइरहेका थिए। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जानकारी आए पनि घटनाबारे प्रहरीलाई ढिला गरी शनिबार बिहान मात्र जानकारी प्राप्त भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय