दार्चुला: दार्चुला जिल्ला, दुहुँ गाउँपालिका–४, पोक्से निवासी केशब दत्त भट्ट अहिले गम्भीर स्वास्थ्य समस्याले पीडित हुनुहुन्छ। उहाँको घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ। उहाँका बाबुआमा करीब ४–५ वर्षअघि नै बितिसक्नुभएको छ। परिवारमा अहिले उहाँको घरमा श्रीमती , फुपू, र एक सानो भाइ मात्र छन्।

 

केशब दत्त भट्ट विगत ४–५ वर्षदेखि हल्का स्वास्थ्य समस्यामा थियौँ, तर उचित उपचार गर्न नसक्दा उहाँको रोग झन् गम्भीर बन्यो। पछिल्ला २–३ वर्षदेखि उहाँ पायल्स र फोमोसिस जस्ता समस्याले अत्यन्तै ग्रसित हुनुभएको छ। प्रारम्भिक उपचारको लागि उहाँलाई सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको थियो। अपरेशनपश्चात् उहाँलाई दार्चुला जिल्ला अस्पतालमा फर्काइएको थियो, तर घाउहरू निको नहुँदा उहाँको स्वास्थ्य स्थिति झनै बिग्रिएको छ।

 

अहिले उहाँको अवस्था अत्यन्तै नाजुक भएकोले उहाँको उपचारको लागि सहयोग आवश्यक छ। परिवारको एक मात्र आशा रहेका केशब दत्त भट्टलाई नयाँ जीवन दिन तपाईहरूको सानो सहयोगले ठूलो योगदान पुर्‍याउन सक्छ।

 

सहयोग गर्न चाहनेहरूले तलका विवरणहरू प्रयोग गर्न सक्नुहुन्छ:

 

बैंक खाता विवरण:

नाम: केशब दत्त भट्ट

बैंक: NIMB

खाता नं.: 07806050261364

 

सहयोग गर्न अर्को विकल्प:

नाम: विष्ण दत्त भट्ट

बैंक: NIMB

खाता नं.: 07805050270922

 

केशब दत्त भट्टको उपचारका लागि तपाईको सहयोग अत्यन्त महत्वपूर्ण छ। यो अपिललाई सकेसम्म धेरै व्यक्तिसम्म पुर्याउन अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय