दार्चुला: जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाको समन्वयमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडक खण्डमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि चेकजाँच तथा कारबाही गरेको छ।

चेकजाँचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोकेका र आवश्यक कागजात बिना सञ्चालन गरिरहेका जम्मा ९ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले सडक सुरक्षा र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै नियमित चेकजाँच अभियानलाई कडाइका साथ अगाडि बढाइरहेको जनाएको छ। यस प्रकारका गतिविधिले यात्रु तथा चालकलाई ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यात्रुलाई ट्राफिक नियम पालनामा सचेत रहन र यात्राको क्रममा कुनै समस्या देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत आग्रह गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय