दार्चुला – प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा पुनः लोकेन्द्रप्रसाद जोशी चयन भएका छन्। बिहीवार दार्चुला सदरमुकाम खलंगामा सम्पन्न पाँचौं अधिवेशनले सर्वसम्मत रूपमा जोशीलाई अध्यक्षमा चयन गरेको हो। यो उनको दोस्रो कार्यकाल हो।

अधिवेशनले उपाध्यक्षमा रमेशसिंह खत्री र बिमला धामी भुजेललाई चयन गरेको छ। सचिवमा मानसिंह कुँवर चयन भएका छन् भने सहसचिवमा निरजकुमार धामी र पदम परियार चयन भएका छन्। कोषाध्यक्ष पदमा उद्धवसिंह धामी चयन भएका छन्।

यसैगरी, लोकेन्दसिंह धामी, मनोरथ मिश्र, जानकी जोशी र रवी ओड सदस्य पदमा चयन भएका छन्। प्रदेश प्रतिनिधिमा विपीनसिंह विष्ट, कृतिनिधि जोशी र लक्ष्मी भाट चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा कृष्णसिंह धामी, लक्ष्मणसिंह धामी र चाँदनी चैसिर चयन भएका छन्।

पाँचौं अधिवेशनमार्फत पुनः नेतृत्व सम्हाल्न लागेका जोशीले पत्रकारिता क्षेत्रको सशक्तिकरण, प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको पेशागत हकहितका विषयमा संगठनलाई थप क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय