दार्चुला: दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीका बासिन्दाहरू विगतदेखि नै खानेपानी अभावको समस्याबाट प्रभावित हुँदै आएका छन्। स्थानीयहरूका अनुसार खानेपानी अभावका कारण मानिसहरू मात्र होइन, वन्यजन्तु समेत जोखिममा परेका छन्।
समस्या समाधानका लागि संघीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका सम्बन्धित निकायहरूको तत्काल ध्यानाकर्षण आवश्यक रहेको स्थानीय समाजसेवी लीलाधर जोशी बताउँछन्। उनका अनुसार रातभर पालो कुर्दासमेत धमिलो र फोहर पानी मात्र भरिने समस्या देखिएको छ।
खानेपानीको स्थायी समाधानका लागि नेपाल सरकारको प्रत्यक्ष अनुगमन तथा आवश्यक कदम अत्यावश्यक रहेको जोशीको भनाइ छ। स्थानीय बासिन्दाहरूले आफूलाई नेपाली कहलाउने हो भने आफ्नो गाउँमा स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
