दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ चौकीमा सोमबार राति ८ बजेको समयमा भूपेन्द्र चन्दको दुईतले ७ कोठे पक्की घरमा आगलागी भएको छ। विद्युतको तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामानहरू गरी अन्दाजी ३ लाख मूल्यको धनमाल जलेर नष्ट भएको छ।

आगलागीबाट मानवीय र चौपाया क्षति भने भएको छैन। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय