दार्चुला: देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत विभिन्न केन्द्रमा स्वास्थ्यकर्मीहरूद्वारा किशोरीहरूलाई खोप प्रदान गर्ने कार्य भइरहेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई यो खोप दिइँदैछ। मन्त्रालयले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन अभिभावक र किशोरीहरूलाई अनुरोध गरेकोछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय