दार्चुला:दार्चुलाको नौगाड गाउँपालिका-३ खारखोलामा शुक्रबार टिप्पर दुर्घटना भएको छ। इन्द्रधनुष हटैराज कन्स्ट्रक्सनको सुपप्र ०१००१ क १५४० नम्बरको टिप्पर दल्लेख-गोकुलेश्वर सडकखण्डमा माटो फाल्ने क्रममा ब्याक भई करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो।

दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका-१ गोबडा घर भएका २९ वर्षीय टिप्पर चालक देवबहादुर चन्द घाइते भएका छन्। घाइते चालकलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

उक्त टिप्पर हटैराज निर्माण सेवाको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय