दार्चुलाको लेकम गाउँपालिका–१ सर्मोली भुतकाँडामा अज्ञात समूहले भैंसी गोठमा आगजनी गरेको छ।

स्थानिय करडे साउँदको गोठमा गएराति करिब १:३० बजे आगलागी भएको उनका छोरा चन्द साउँदले जानकारी दिए। घरभित्र सुतिरहेको बेला अज्ञात समूहले आगो लगाएको र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको उनले बताए।

आगलागीका कारण घरमा समेत क्षति पुगेको र अनुमानित एक लाख रुपैयाँ बराबरको धनमाल जलेको उनले जानकारी दिए। घटनाबारे इलाका प्रहरी कार्यालय रिठाचौपातालाई खबर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय