दार्चुला : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दार्चुलाले महाकाली नगरपालिका-८ स्थित हरिनाथ आधारभूत विद्यालय डाँडालाई शैक्षिक सामग्री सहयोग गरेको छ।
सोमबार आयोजित कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष जनक सिंह बोहराले विद्यालयलाई कापी, कलम, डायरी, रजिस्टर, रेकर्ड फाइल, ब्यानर र क्लियर ब्याग गरी विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। विद्यालयका प्रधानाध्यापक धनी दत्त भट्टका अनुसार, वितरण गरिएको सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर पालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रधानाध्यापक भट्ट, शिक्षक धन बहादुर बम, गीता ढाट लगायतको उपस्थिति रहेको थियो। पूर्व विद्यार्थीसमेत रहेका जनक सिंह बोहराले विद्यालयलाई सहयोग गरेकोमा विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।
