दार्चुला– महाकाली नगरपालिका-२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतका अनुसार बुधबार दिउँसो ४ः३० बजे सुपप्र ००१ ज ०००५ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परि २५ वर्षीय चालक महेश भुल, १५ वर्षीय सागर भुल र ३ वर्षीय बालक धौले भुल घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको छ।

महाकाली नगरपालिका-२ मुल्लाबाट खलंगा आउँदै गरेको जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय