दार्चुला: महेन्द्र नमुना माध्यमिक विद्यालय, दार्चुलामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विशेष कार्यक्रमका बीच बिदाइ गरिएको छ।
बुधबार विद्यालय परिवारले एक समारोह आयोजना गरी आगामी SEE परीक्षामा सहभागी २५० जना छात्र-छात्रालाई बिदाइ गरेको हो। विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले विद्यार्थीहरूलाई सफलता एवं उज्जवल भविष्यको शुभकामना दिँदै बिदाइ गर्नुभएको कक्षा ११ का विद्यार्थी अमित जोशीले जानकारी दिए।
बिदाइ कार्यक्रम कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा विद्यालय परिवारको सहजीकरणमा सम्पन्न भएको थियो। सो अवसरमा शुभकामना मन्तव्यका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकोथियो।
