दार्चुला: दार्चुलामा पछिल्लो १० महिनामा भीरबाट लडेर १३ जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको असारदेखि चैत्र ५ गतेसम्म जिल्लामा १३ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार मृतकहरू मध्ये ९ पुरुष र २ महिला रहेका छन्।
साउन महिनामा १, भदौमा २, मंसिरमा ३, पुषमा १, माघमा ३, फागुनमा २ र चैत्र महिनामा हालसम्म १ जनाको भीरबाट लडेर मृत्यु भएको छ।
प्रहरीका अनुसार सबै घटनाको जानकारी प्रहरीसम्म नपुग्न सक्ने भएकाले मृतकको वास्तविक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
