दार्चुला-दार्चुला जिल्लाको नौगाड गाउपालिका-६, एगरभगेमा आज बिहान भएको आगलागीले एक घरको भान्सा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। धनसिंह धामीको घरमा बिहान ९:३० बजे आगलागी भएको थियो। उक्त समयमा घरमा सानो बच्चा मात्र रहेको बताइएको छ।

स्थानीय बासिन्दाको सक्रियतामा करिब ११:३० बजे आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। आगलागीबाट तीन कोठा रहेको घरको भान्सा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएको स्थानीय जनक धामीले जानकारी दिए।

-उपेन्द्र सिंह ठगुन्ना (खर्कालो)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय