दार्चुला – नेपाललगायत भारतका विभिन्न भागहरूमा मनाइने विशु पर्व सुदूरपश्चिम क्षेत्रमा विशेष उत्साहका साथ मनाइन्छ। हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता भएको यस भेगमा यो पर्वलाई अत्यन्तै विशेष मानिन्छ। भारतको केही भागमा यस पर्वलाई बैशाखीको नामले समेत चिनिन्छ। बैशाखीको दिन गङ्गास्नानको विशेष महत्व रहने हुँदा भारतको हरिद्वारमा नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू स्नानका लागि ठूलो संख्यामा पुग्ने गर्छन्।

विशु पर्वलाई कतिपय ठाउँमा विशुसंक्रान्ति, बिष्पतीको तिहार वा बिशु पुज्ने दिनका रूपमा पनि चिनिन्छ। सुदूरपश्चिमको दार्चुला जिल्लास्थित लेकम गाउँपालिकाको विभिन्न वडामा यो पर्व मौलिक शैलीमा मनाउने गरिन्छ।

लेकम ४ बुढाकोट निवासी परमानन्द जोशीका अनुसार, “यो दिन महिलाहरूले ठट्टाको शैलीमा सिस्नु हान्ने परम्परा रहिआएको हो, कसैलाई दुखाउने उद्देश्य होइन।”

विशु पर्वका अवसरमा घ्यू, तेलजस्ता चिल्लो पदार्थ प्रयोग गरी परम्परागत परिकार—सेलरोटी, खीर, पुरी, माँडा, बटुक आदि बनाइने गरिन्छ। यस्ता चिल्लो परिकार खाइसकेपछि पाचनक्रियामा मद्दत पुगोस् भनेर सिस्नु पेटमा लगाउने चलन रहेको उनले बताए।

दार्चुला, लेकम ५ मैखौलिकाका बासुदेव जोशीका अनुसार, “सिस्नुको टोकाइबाट शरीरमा रक्तसञ्चार बढ्ने, पाचन सहज हुने, साथै नसा तथा छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ।”

लेकम ५ कै गोपालदत्त जोशीले भने, “यो पर्व विशेषगरी साली–भिनाजु, देवर–भाउजू तथा नन्द–भाउजूबीच हाँसो–ठट्टाका रूपमा मनाइन्छ। उनीहरू एकअर्कालाई सिस्नुको मुठोले हान्ने गर्दछन्।”

लेकम ३ गणागाउँ निवासी भूपालदत्त भट्टका अनुसार, “अन्य व्यक्तिहरूले पनि सिस्नु पोलेर आफ्नै शरीरमा लगाउने गर्छन्। यसरी गर्दा शरीर तन्दुरुस्त हुने विश्वास जनाइएको छ।”

हाल जम्मु कश्मीरमा कार्यरत यी चारैजना—परमानन्द जोशी (लब्बु दी हट्टी), बासुदेव जोशी (पिरेस क्लब), गोपालदत्त जोशी (सूर्य होटल), र भूपालदत्त भट्ट (अग्रवाल धर्मशाला)—ले संयुक्त रूपमा विशु पर्व तथा नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदायलाई उत्साह, उन्नति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

> नयाँ वर्षमा चोखो ती, प्यारहरुलाई शुभकामना।

मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना।

समयलाई जित्न सक्ने जोशहरुको रफ्तार बढोस्,

पूरा होस् सबै काम, हतारहरुलाई शुभकामना।

शान्तिको सन्देश बोकी नयाँ विहानी उदाउनेछ,

प्रगति र उन्नतिका समाचारहरुलाई शुभकामना।

विगतजस्तो नहोस् फेरि अन्योल र निराकार,

अब आउने जनताका सरकारहरुलाई शुभकामना।

प्रेमका पनि कुरा होस्, सोचेका जति पूरा होस्,

नयाँ बस्न लागेका घरवारहरुलाई शुभकामना।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय