दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं. ५ मा आयोजना गरिएको अध्यक्ष कप स्तरीय खुल्ला भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा भवानी मावि सैगन्ना ‘A’ टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ भने सोही विद्यालयको सैगन्ना ‘S’ टिम द्वितीय स्थानमा तथा अपिहिमाल युवा क्लब घुसा ‘A’ टिम तृतीय स्थानमा स्थान सुरक्षित गर्न सफल भएका छन्।

प्रतियोगितामा विजयी हुने सबै टिमलाई हार्दिक बधाई व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने वडा नं. ५ का सम्पूर्ण बासिन्दा, स्थानीय जनप्रतिनिधि, भवानी मावि सैगन्ना विद्यालय परिवार, सुरक्षा निकाय, खेलाडीहरू तथा सहयोगी सम्पूर्ण पक्षप्रति आयोजकले विशेष आभार तथा कृतज्ञता प्रकट गरेको छ।

स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूमा सकारात्मक ऊर्जा र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्पन्न प्रतियोगिता सफल बनाउनुमा सबैको सक्रियता महत्वपूर्ण रहेको आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय