दार्चुला: नव वर्ष २०८२ सालको अवसरमा गाउँ खेलकुद विकास समिति सिप्टिको आयोजनामा सम्पन्न जिल्ला स्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। नौगाड गाउँपालिकाको सिप्टिमा रहेको गणेश बिनायक माविको प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगिता बैशाख ३ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो।

महिला तर्फ कुल पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा टिपि अल गुड्स एण्ड सप्लायर्स पहिलो स्थान हासिल गर्दै रु. १०,०८२ नगद पुरस्कार प्राप्त गर्न सफल भयो। त्यसैगरी, मार्मा दोस्रो हुँदै रु. ७,०८२ र सुपर स्टार सिप्टि तेस्रो हुँदै रु. ४,०८२ नगद पुरस्कार प्राप्त गरेका छन्।

पुरुष तर्फ २१ टिमको सहभागी रहेको प्रतियोगितामा रफ्फा दफ्फा धुलिगडा प्रथम हुँदै रु. ५१,१५१ नगद हात पार्न सफल भयो। दिपिका ट्रेडर्स होपरिगाड दोस्रो स्थानमा रहँदै रु. ३१,१३१ र आर जे होपरी तेस्रो हुँदै रु. २१,१२१ नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा स्थानिय कलाकारहरूको आकर्षक प्रस्तुति पनि समावेश गरिएको थियो।

उपेन्द्र सिंह ठगुन्ना ‘खर्कालो’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय